कांग्रेसद्वारा निर्वाचन परिचालन समिति गठन

डिसी नेपाल
१५ चैत २०७८ १८:१०
160
Shares
काठमाडौं ।नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.