अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ पुसमा बजारमा आउने

डिसी नेपाल
२ पुष २०७५ १२:०६

काठमाडौं। बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ। बलिउड अभिनेत्री कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउन लागेको जानकारी गराएकी हुन्।

क्यान्सरविरुद्धको लडाईबारे समावेश गरिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले सो पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाइ छ। पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारीरिक, मानसिक तथा संवेगात्मक लडाई लड्नु प¥यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन्।

यही पुसमा आयोजना हुने लिटिरेचन फेष्टिबलमा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ। नेपालका लागि सो पुस्तक फाईन प्रिन्टले बजारमा ल्याउन लागेको हो। भारतमा यो पुस्तक पेन्गुईन इन्डियाले प्रकाशन गरेको छ। अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *