ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
७ वैशाख २०७९ ११:३०
504
Shares

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख २ हजार १  सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज १ हजार ५ सयले घटेर प्रति तोला १ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख १ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ३५ रुपैयाँले घटेको छ। मंगलबार चण्डी प्रति तोला  १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.