रिभर फल्स पावरको ७ लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका, कतै तपाई छुट्नु त भएन ?

डिसी नेपाल
११ वैशाख २०७९ ८:५४
1.0k
Shares

काठमाडौं। रिभर फल्स पावरको ७ लाख कित्ता आइपिओ भने आज अन्तिम दिन रहेको छ। यस आइपिओमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले चैत २७ गतेदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आइपिओ जारी गरेको हो। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यस आइपीओमा प्रभु क्यापिटल कमलादी काठमाडौं, रिभर फल्स पावर कमलादी काठमाडौं र यसको अयोजना कार्यालय संखुवासभा तथा धर्मदेवी नगरपालिकाको कार्यालय संखुवासभाबाट आवेदन दिन सकिन्छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ।

इक्रा नेपालले यस आईपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.