शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२६ असार २०८३ १८:०३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सुविधा लिएको आरोपमा एक बाल विकास शिक्षिकाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कैलालीस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा शाहीले २०६६ मंसिर ३ गते बाल विकास शिक्षक पदमा नियुक्त हुँदा भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट माध्यमिक तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको छ। सोही नक्कली प्रमाणपत्रका आधारमा उनले लामो समयसम्म सरकारी सेवा, लाभ र सुविधा लिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, शिक्षिका शाहीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कसुर ठहर भएको छ। सोही ऐनअनुसार उनीविरुद्ध कैद र जरिवानाको माग गर्दै शुक्रबार काठमाडौँस्थित विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *