राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा आज अपराह्न भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment