एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। एनआईसी एशिया बैंकले ७ लाख १९ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले संस्थापक सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता सेयर बिक्रीमा ल्याएको हो।
यो सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment