सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १६५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment