दुई कम्पनीले मागे आइपिओ जारी गर्न अनुमति

डिसी नेपाल
११ वैशाख २०७९ १३:१८
76
Shares

काठमाडौँ। दुई कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र आत्निर्भर लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्न बोर्ड संगै अनुमति मागेको हो।

बाराही हाइड्रोपावरले ७ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयको र सर्बसाधारणको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ७ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइसीएल एसीइ क्यापिटलले गर्ने भएको छ।

यस्तै, आत्निर्भर लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको २ लाख ३ हजार ३८० कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो। यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.