सोमबार तीन सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ९ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment