माछापुच्छ्रे बैंकको खाता ‘खल्ती’ मा लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार पाइने

डिसी नेपाल
१२ वैशाख २०७९ १३:०९
52
Shares

काठमाडौँ। खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ। यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक माछापुच्छ्रे बैंकमा रहेको खाता लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। साथै, एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्नेछन्।

यो दुबै अफर पहिलो पटक माछापुच्छ्रे बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो KYC भने भेरिफाइ गरेको हुनुपर्छ।

एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस प्रकारका सेवाहरूले समय बचतका साथ-साथै भुक्तानी सहज पनि बनाउँछ।

अफरको बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्,“खल्ती डिजिटल वालेटका प्रयोगकर्ताहरूले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सिधै बैंक खाता मार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेको साथै थप सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.