एभरेष्ट इन्स्योरेन्सले बोलायो वैशाख २१ गते साधारण सभा, यस्ता छन् पेश हुने प्रस्तावहरु
काठमाडौं। एभरेष्ट इन्स्योरेन्सले लाभांश पारित गर्न वैशाख २१ गते (बुधबार) वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको उक्त साधारण सभा अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजे सुरु हुने भएको छ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ।
यस्तै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ। त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लोज गरिसकेको छ । वैशाख ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन्।







डिसी नेपाल







Facebook Comment