चार जना पत्रकार पुरस्कृत
मोरङ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १५औँ स्थापना दिवसका अवसरमा आज चार जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।
सहकारीले रु ५१ हजार राशिको ‘तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मान’बाट पत्रकार शिवबहादुर कार्की र रु ५० हजार राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’बाट अर्जुन आचार्यलाई सम्मान गरेको हो ।
यसैगरी, रु २१ हजार राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पदम सरदारलाई र रु १० हजार राशिको ‘मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ बाट रस्मिता उदासलाई सम्मान गरेको हो ।
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले उहाँहरुलाई पुरस्कार प्रदान गर्दै सङ्घ, प्रदेश र स्थानीय निकायले गरेका गलत कार्यको स्वस्थ आलोचना गर्न सञ्चारकर्मीहरु पछि पर्न नहुनेमा जोड दिए ।






डिसी नेपाल





Facebook Comment