अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कति छ अन्य बिदेशी मुद्राको विनिमय दर ?
काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम भएको थियो।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२९ रुपैयाँ ११ रुपैयाँ छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५२ पैसा र बिक्री दर १५४ रुपैयाँ २७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्री दर १२६ रुपैयाँ १२ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३९ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment