नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन

डिसी नेपाल
२० वैशाख २०७९ १०:५०
64
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल फाइनान्सको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ७० प्रतिशत हकप्रद सेयर पछिको सेयरमा मूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ११ रुपैयाँ १८ पैसा तोकेको छ। बुधबार यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.