मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त

डिसी नेपाल
२१ वैशाख २०७९ १४:०३
64
Shares

काठमाडौँ। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको  सञ्चालक समितिको २७१ औँ बैठकले पोखरेललाई पुनः दोस्रो कार्यकालका लागि सिइओमा नियुक्ति दिने निर्णय गरेको हो ।

योसँगै सीईओ पोखरेलले आगामी जेठ १ गतेदेखि आफ्नो दोस्रो कार्यकाल सम्हाल्नेछन् । यसअघि २०७५ जेठ १ गते बैंकको प्रमुख कार्यकारी भूमिकामा रहेका पोखरेल हालसम्म सोही पदमा कार्यरत छन् ।

विगत तीन दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.