एनसीसी बैंकको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२१ वैशाख २०७९ १५:०३
76
Shares

काठमाडौं। एनसीसी बैंकले १ लाख कित्ता संस्थापक सेयर आज (बैशाख २१ गते)देखि लिलामी बिक्री खुला गरेको छ ।लगानीकर्ताले न्यूनतम १३० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद जेठ ४ गतेसम्म तोकिएको छ ।

यस लिलामी सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले बन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.