बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम भएको थियो।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ८५ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९८ पैसा र बिक्री दर ८७ रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४० पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment