रारा हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल
काठमाडौं। रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १२ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले उक्त आइपिओ जारी गर्न निस्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
अब सर्वसाधारणमा सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment