एकै दिनमा १४ सयले बढ्यो सुनको मूल्य

डिसी नेपाल
२२ वैशाख २०७९ ११:४८
100
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोलामा ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला  ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ९० रुपैयाँ कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.