अब शुक्रबार पनि सेयर बजार खुल्ने
काठमाडौँ। सेयर बजार अव शुक्रबार पनि खुल्ने भएको छ। आगामी जेष्ठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको हो।
सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार)बिदा दिने निर्णय भएसंगै नेपाल धितोपत्र बर्डले शुक्रबार सेयर बजार खुला गर्ने निणय गरेको हो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिएको बताएका छन्। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले सो जानकारी दिएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment