जिम्बावेसँग नेपाल तीन विकेटले पराजित
काठमाडौं। जिम्बावे ए टिमसँग नेपाली टोलि तीन विकेटले पराजित भएको छ।नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएर खेल जितेकाे छ।
जिम्बावेकाे जितका लागि इनोसेन्ट कियाले अविजित रहदै सर्वाधिक ४८ रन र ब्राड इभान्स १७ रन अविजित रन जाेडे ।यस्तै सेफास झुवाले ३२ रन,रोय कियाले १४ रन बनाए।
नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ २ विकेट र सोमपाल कामी र सागर ढकालले १ १ विकेट लिए ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment