जीरो रिलीज हुनु अगाडि शाहरुख खान किन डराए ?

डिसी नेपाल
४ पुष २०७५ ५:२७

एजेन्सी। शाहरुख खानको फिल्म ‘जीरो’ २१ डिसेम्बरमा रिलीज हुँदैछ। फिल्मको ट्रेलर २ नोभेम्बरमा शाहरुख खानको जन्म दिनमा रिलीज गरिएको थियो। फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएपनि किङ खान आफ्नो फिल्मलाई लिएर निकै डराएका छन्। एक पत्रिकालाई दिएको अन्तर्वातामा शाहरुख खानले फिल्म जीरोसँग सम्बन्धित एक प्रश्नको उत्तरमा भनेका छन्–म यो परिवर्तन गर्न सक्दिन, यदि मैले केही गर्न सक्दिन भने त्यस विषयमा किन सोचौं? यदि मानिसहरुलाई जीरो मेरालागि धेरै आवश्यक छ भन्ने लाग्छ भने त्यो उहाँहरुको सोच हो। यदि फिल्म चलेन भने पनि के हन्छ? ६–१० महिनासम्म मैले काम पाउँदिन। तर मैले राम्रो काम गरेको छु भने काम नपाउने प्रश्नै उठ्दैन।’

जीरोको ट्रेलरपछि सबै दर्शकले यो फिल्मबाट धेरै अपेक्षा गरेका छन्। यद्यपी केही समय पहिला ठूला कलाकारका फिल्म जसरी फ्लप भए, त्यो हिसावले हेर्दा शाहरुख खानको डरलाई जायजै मान्नुपर्छ। विगत केही समयलाई हेर्ने हो भने दर्शक मात्र स्टारडम भरमा आउने फिल्म भन्दा पनि राम्रो स्क्रिप्ट र आम मानिससँग जोडिएका कथा बस्तुलाई दर्शकले धेरै मन पराउन थालेका छन्।

आजकल दर्शकले फिल्ममा नयाँपन खोज्न थालेका छन्। सानो बजेटमा निर्माण गरेका फिल्ममा दर्शकले नयाँपन पाएका छन्। र, त्यस्ता फिल्मलाई मन पनि पराएका छन्। यही कारण स्त्री, बरेली की बर्फी, मसान, सोनू के टीटू की स्वीटी, अंधाधु र बधाइ जस्ता फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका थिए।

उता सलमान–अमिरको रेस–३, र ठग्स अफ हिन्दोस्ताँ जस्ता ठूला बजेटमा निर्माण भएका फिल्मको असफलताले स्टारडमले मात्र फिल्म चल्दैन भन्ने पुष्टि भएको छ। जीरो भन्दा पहिला शाहरुख खानका दुई फिल्म रईस र जब हैरी मेट सेजल लाई पनि दर्शकले धेरै मन पराएका थिएनन्। त्यसअघि दिलवाले र फ्यान जस्ता फिल्म पनि धेरै चलेनन्। यस्तोमा शाहरुख खानकालागि एउटा हिट फिल्मको आवश्यकता छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *