हिमालयन हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपिओ बिक्री खुला, कहाँ जाने भर्न ?

डिसी नेपाल
२५ वैशाख २०७९ ९:०९
364
Shares

काठमाडौँ। हिमालयन हाइड्रोपावर कम्पनीको २२ लाख ५० हजार कित्ता आइपिओ आज (वैशाख २५ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीको यस आइपिओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यस आइपिओमा जेठ ८ गते सम्म आवेदन दिन पाउने छन्। कम्पनीले तोकेको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस आइपिओ ‘इक्राएनपी आईआर बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले यस आइपिओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.