नेपाल फाइनान्सको हकप्रद सेयर जेठ ६ गतेदेखि आउँदै

डिसी नेपाल
२५ वैशाख २०७९ १०:०३
40
Shares

काठमाडौँ। नेपाल फाइनान्सको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर जेठ ६ गतेदेखि आउने भएको छ। कम्पनीले १:०.७० को अनुपातमा प्रति कित्ता १ सय रुपैयाँको दरले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि वैशाख २१ गते (एक दिन) बुकक्लोज गरिसकेको छ। यस अनुसार बैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । यस हकप्रद सेयरमा लगानीकर्ताले जेठ २६ गतेसम्म आवेदन दिन पाउने छन्।

यस हकप्रद सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरुबाट आवेदन दिन पाउने छन्। साथै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।

कम्पनीको हाल चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। उक्त हकप्रद सेयर बिक्रीपश्चात चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.