चुनाव नजिकिएसँगै १७.९५ अङ्कले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२५ वैशाख २०७९ १५:२९
44
Shares

काठमाडौं। चुनाव हुने मिति नजिकिएसंगै सेयर बजारमा केहि परिवर्तन आएको छ।  चुनाव हुन केहि दिन मात्र बाँकी हुँदा सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक १७.९५ अङ्कले बढेर २ हजार २५६.५७ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। यस कम्पनीको ७ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ हजार ७३८ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र नबिल बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र माइक्रोफाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र घलाम्दी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन् भने उन्नति सहकार्य लघुवित्त र एनआइसी एशिया सेलेक फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.