हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२६ वैशाख २०७९ ८:५८
320
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ५६ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ७६ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९० पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ५२ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.