१२.२७ अङ्कले बढ्यो नेप्से परिसूचक, १ अर्ब ३९ करोडमाथिको कारोबार

डिसी नेपाल
२६ वैशाख २०७९ १५:१७
64
Shares

काठमाडौं। नेपाली बजारमा सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक १२.२७ अङ्कले बढेर २ हजार २६८.८४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ७ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार २० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र माइक्रोफाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक कमाएका छन् भने हिमालयन विकास उर्जा कम्पनी र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.