अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२७ वैशाख २०७९ ८:४९
796
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ३१ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८७ रुपैयाँ ०१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ०३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर ३३ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३४ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.