७ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ। सरकारले ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको सोमबार बसेको बैठकमा बैशाख २७ गतेदेखि लागु हुनेगरी ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।
कालो सूचीमा पर्ने कम्पनीहरूमा आत्रय निर्माण सेवा प्रालि, एशियन लेदर इन्डस्ट्रिज प्रालि, जी वाई कन्स्ट्रक्सन प्रालि, गोल्डफिस इञ्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालि, मिलिनियम शंकरमाली जेभी, एसएच इन्फ्राटेक प्रालि रहेका छन्।
सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीहरुलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ । उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।








डिसी नेपाल








Facebook Comment