बिन्ध्यबासिनी हाइड्रोपावर १० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम मौका
काठमाडौँ। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो।
कम्पनीले जारी गरेको आइपिओमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । भने, बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इक्रा रेटिङ एजेन्सी कियर नेपालले यस आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
यस आइपिओमा स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।






डिसी नेपाल





Facebook Comment