चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

डिसी नेपाल
४ पुष २०७५ १०:२५

काठमाडौँ। विपिन कार्की अभिनीत चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो। गतहप्ता चलचित्रको चार पोस्टर सार्वजनिक गरिएको थियो। दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपीमा’ विपिनले किसानको भूमिका निर्वाह गरेका छन्।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीले छायाङ्कन र निमेष श्रेष्ठले सम्पादन गरेका छन्।चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाललगायतको पनि अभिनय छ । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित ‘गोपी’ माघ १८ गते प्रदर्शनमा आउँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *