५ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियो कति ?

डिसी नेपाल
२९ वैशाख २०७९ ९:२०
224
Shares

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख २६ गते निक्षेप ५ अर्बले बढेर ४९ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । बैशाख २४ गते बैंकहरूको निक्षेप ४९ खर्ब ४४ अर्ब रूपैयाँ रहेको थियो।

यस्तै, बैशाख २४ गते ४३ खर्ब ७३ अर्व रुपैयाँ रहेको बाणिज्य बैंकको निक्षेप २ अर्वले बढेर ४३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै कर्जा लगानी भने केहि बढेको छ  । कर्जा लगानी १ अर्बले बढेर ४७  खर्ब २४ अर्ब पुगेको छ। बैशाख २४ गते बैंकहरुको कर्जा लगानी ४७ खर्व २३ अर्व रहेको थियो।

यता, बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि घटेको छ। बैशाख २६ गते बैंकहरूको सीडी रेसियो ०.०७ प्रतिशतले घटेर ९०.५० प्रतिशतमा झरेको छ। बैशाख २४ गते बैंकहरूको सीडी रेसियो ९०.५७ प्रतिशत रहेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.