बिहिबार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२९ वैशाख २०७९ १०:५५

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। बुधबार प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *