दुई प्रेमी बिचको प्रगाढ प्रेम सम्बन्ध, अवश्य पढ्नुहोला , “कथा”

डिसी नेपाल
४ पुष २०७५ १६:४८

एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाजले शिर निहुराउछ ! कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् !

संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान हर पल त्यो युवक ति युवतिको घर वरिपरि देखिन थाल्यो ! दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ, तर कुरा गर्न कसैले सकेको छैन, युवति को मन मा पर्यो, त्यो युवक पक्कै पनि मलाई मन पराउछ,कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो, हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो !

ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन ! सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे, अनि एक पटक कुरा गर्ने सल्लाह दिए ! एक दिन ति युवति ले हिम्मत गरेर भनिन- ‘तिमि लाइ संधै म यहाँ देख्छु, मैले थाहा पाएँ तिम्रो मनको कुरो, धेरै कुरें, सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला, कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने मा ! तर तिमि कहिल्यै बोलेनौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला, त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें, हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You …. तिमि ढुक्क भएर मेरो घर मा आउ, मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!

युवतिबाट यति कुरा सुनेर युवक नर्भस थ्यो, त्यही नि बडो साहस गरेर भन्यो- ‘सुन न .. म त त्यसै नर्भस थिएँ/भए .. तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ, त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त ? ?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *