ह्वातै बढ्यो पेट्रोलको मूल्य, एक लिटरकै १७० रुपैँया

डिसी नेपाल
३१ वैशाख २०७९ २०:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको हो ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १७०, डिजेल्मट्टितेलको मूल्य प्रतिलिटर रु १५३, पुगेको छ ।

यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ र अन्तर्राष्ट्रियतर्फ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

मूल्यवृद्धि गर्दा पनि आगामी एक १५ दिनमा करिब रु ४ अर्ब २५ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *