मंगलबार सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। आइतबार प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment