विन नेपाल लघुवित्तको लाभांश संशोधन

डिसी नेपाल
३ जेठ २०७९ १३:४१
44
Shares

काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ।  वैशाख २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तावित लाभांश संशोधन गरेको हो।

संशोधित लाभांशअनुसार अब संस्थाले साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्तापुँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको सञ्चित मुनाफाको ९.३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। साथै, बोनसमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

यसअघि गत चैत १३ गते भने कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.