तीन कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

डिसी नेपाल
३ जेठ २०७९ १४:४०
292
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर कारोबार रोक्का भएको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार  जेठ ३ गते (मंगलबार)देखि रोक्का भएको हो।

यी तीन वटै कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएपछि सेयर कारोबार रोक्का गरिएको हो। यी ३ कम्पनीहरुले वैशाख २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त मर्जर प्रकृया सकिएपछि मात्रै दोश्रो बजारमा यी तीन कम्पनीको सेयर कारोबार खुल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.