चुनाव सकिएसंगै सेयर बजारको ओरालो यात्रा, ८४.९० अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
३ जेठ २०७९ १५:२५
116
Shares

काठमाडौं। चुनाव सकिएसंगै सेयर बजार खुल्ला भएको पहिलो दिनमा नै बजार घटेको छ। मंगलबार सेयर बजार ८४.९० अंकले घटेर २ हजार २६५.५२ विन्दुमा रोकिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ। यस कम्पनीको १० करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ४० रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था रबोटलर्स नेपालका लगानीकर्ताले कमाएका छन्।

यस्तै, युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सुर्योदय वोमी लघुवित्तका लगानीकर्ताले अधिक गुमाएका छन्। यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.