बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
४ जेठ २०७९ ८:४९
556
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ४३ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ५० पैसा र बिक्री दर १५५ रुपैयाँ २५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ १९ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ११  पैसा र बिक्री दर ८७ रुपैयाँ ५३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.