रिभर फल्स पावरको २७ लाख ३० हजार कित्ता आइपिओ भर्ने आज अन्तिम मौका
काठमाडौं। रिभर फल्स पावरको २७ लाख ३० हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो।
कम्पनीले जारी गर्ने आइपिओमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। भने, बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले यस आईपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।







डिसी नेपाल








Facebook Comment