बुधबार नौ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। मंगलबार प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment