बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
५ जेठ २०७९ ९:४१
768
Shares

काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८४ पैसा र बिक्री दर १२४ रुपैयाँ ४४ पैसा कायम गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८१ पैसा र बिक्री दर १२४ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ १८ पैसा र बिक्री दर १३० रुपैयाँ ८१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ६६ पैसा र बिक्री दर १५४ रुपैयाँ ४१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १२४ रुपैयाँ ७७ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ८४ पैसा र बिक्री दर ८७ रुपैयाँ २६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९२ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५९ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.