हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ जेठ २०७९ ९:०२
504
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ १० पैसा र बिक्री दर १३० रुपैयाँ ७३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ५३ पैसा र बिक्री दर १५५ रुपैयाँ २८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ९९ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४४ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ र बिक्री दर ३३ रुपैयाँ १६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.