माछापुच्छ्रे बैंक र अन्नपुर्ण केबुलकारबीच सम्झौता, केबुलकार चढ्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौँ। पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमाअन्नपुर्ण केबुलकार प्रा.लि.को तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा प्रमुख आलोक मानश्रेष्ठले हस्ताक्षर गरे।
अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधाहो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमाविशेष टेवा पु¥याउर्दै आई रहेको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन्। उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ। बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुग्दै आईरहेको छ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल








Facebook Comment