शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार ८ सय ६६ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
८ जेठ २०७९ १२:३१
92
Shares

काठमाडौँ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ लाख ८० हजार ८ सय ६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी एशियन डिष्ट्रीब्यूटर प्रा.लि, ग्लोबल ट्रेडिङ्ग नेपाल प्रा.लि र सुधन भट्टराईको सेयर बिक्रीमा ल्याउन ल्याएको हो।

बैंकले संस्थापक सेयरधनी एशियन डिष्ट्रीब्यूटर प्रा.लिको नाममा रहेको ५३ हजार ०५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग नेपाल प्रा.लिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय, बुटवल -११, कालिकानगर, रूपन्देहीमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.