बुधबार २ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment