थाई हाइ स्लिट गाउनमा जाह्नवी कपुरको गर्जियस लुक
काठमाडौँ। जान्हवी कपूर बलिउडको स्टाइलिश र प्रतिभाशाली युवा अभिनेत्री मध्ये एक हुन्। जान्हवी कपूर फिल्म अभिनेत्री श्रीदेवीकी छोरी हुन्।
करण जोहरको ५० औं जन्म दिन पार्टीमा धेरै बलिउड स्टारहरु सामेल भएका थिए। उक्त पार्टीमा जान्हवी कपूर ग्लैमरस स्टाइलमा पुगेकी थिइन् ।

जान्हवी कपूरले पार्टीका लागि निकै आकर्षक पोशाक छनोट गरिन् । उनले मरुन कलरको थाई हाइ स्लिट गाउन लगाएकी थिइन् । यो हाई स्लिट ड्रेसमा फ्रन्ट कट आउट डिजाइन थियो, जसले जान्हवीको लुकलाई अझ सेक्सी बनायो।
उनले आफ्ना धेरै तस्विर इन्स्टाग्राममा सेयर गरिसकेका छन्, जुन अहिले भाइरल बनेका छन् ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment