बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि आईपीएलको फाइनलमा

डिसी नेपाल
१४ जेठ २०७९ ६:५१
180
Shares

काठमाडौं। जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ। शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो।

नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे। राजस्थानको जितमा ओपनर बटलरले १०६ रनको अविजित इनिङ खेले । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गरे । यस सिजन बटलरको यो चौथो सतक हो।

यसबाहेक, कप्तान सन्जु सामसनले २३ रन र यसवी जैसवालले २१ रन बनाए । बैंगलोरका जस हेजलवुडले दुई विकेट लिँदा वनिन्दु हसरंगाले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो।

बैंगलोरका रजत पटिडरले सर्वाधिक ५८ रन बनाएका थिए । यसबाहेक बैंगलोरको खातामा कप्तान फाफ डु प्लेसिसले २५ र ग्लेन म्याक्सवेलले २४ रन जोडेको थिए।

राजस्थानका प्रसिद्ध क्रिष्णा र ओबेड म्याकोनीले समान तीन विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.